अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कूनको प्रविधिक सहयोगमा पाँच दिने साकोस सञ्चालकहरुको क्षमता अभिवृद्घि CUDCC तालीम सम्पन्न
अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कूनको प्रविधिक सहयोगमा संचालित पाँच दिने साकोस सञ्चालकहरुको क्षमता अभिवृद्घि CUDCC तालीम सम्पन्न भएको छ ।
२०७८ साल फाल्गुण २ गते देखी ६ गते सम्म संचालन भएको तालिम संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटा र संस्थापक अध्यक्ष मोहन भट्टराईले संयुक्त रुपमा व्यानरमा हस्ताक्षर गरी शुभारम्भ गर्नु भएको थियो । संस्थाको उपाध्यक्ष खगेन्द्रप्रसाद न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु हुंदै सिकाई एक निरन्तर प्रक्रिया भएकाले समय सापेक्ष आउने विभिन्न परिर्वतित निति नियम विधि र पद्घति तथा परिर्वतित वातावरणको सम्वन्धमा जानकारीहरु प्राप्त गर्ने, अवसर, चुनौती तथा सवलता र दुर्वलता पक्षहरुका सम्वन्धमा नयाँ जानकारीहरु प्राप्त गर्ने र साकोसलाई सुशासन, सुव्यावस्थित र गुणस्तरीय रुपमा सञ्चालन गर्नको लागी त्यस सँग सम्वन्धित पक्षहरुको सम्वन्धमा हामीसगँ अझवढी सक्षमता वृद्घि गर्नुनै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनु भएको थियो । कार्यक्रममा अन्धकारमुक्ती बचत तथा ऋण सहकारी संस्था लि. का सञ्चालक समिति, लेखा समिति, विभिन्न उप–समिति संयोजकहरु, सल्लाहकार सदस्य, तथा कर्मचारी गरी संस्थाको तर्फबाट ३१ जनाको सहभागीता रहेको थियो भने कार्यक्रमलाई नेफ्स्कूनका प्रशिक्षकहरु वल्लभ तिमिल्सिना, भरत न्यौपाने र नेफ््स्कून तालिम विभाग प्रमुख प्राचार्य संजय तिमिल्सीना सरले प्रशिक्षण गर्नुभएको थियो ।
सहकारी विभागवाट सहकारी संघ सस्थाहरुलाई जारी एकिकृत निर्देशिका २०७८ का सम्वन्धमा, सम्पति शुद्घिकरण, वित्तिय बजारमा आउने उतारचढाप र यसका प्रभाव, वित्तिय अनुपात महत्व र आवश्यकता साथै साकोसले वनाउनुपर्ने छवि, सदस्यको आवश्यकता पहिचान, बजार पहिचान, प्रतिष्पर्धीहरुको विश्लेषण, बाह्य वातावरणवाट आउनसक्ने अवसर तथा हुन सक्ने चुनौती, संस्थाभित्रको सवलता तथा दुर्वलता पक्षहरुको पहिचान, पल्सका विभिन्न सुचकहरुको अवस्था, ऋण लगानी, ऋण विश्लेषण, ऋण लगानीका आवश्यक मापदण्ड, भाखा नाघेको ऋण र यसको दिर्घकालीन प्रभाव, भाखा नाघेको ऋण को लागी गरीएको व्यवस्था, असुली सम्वन्धमा नितिगत प्रक्रिया, साकोसको अल्पकालीन तथा दिर्घकालीन योजनाको महत्व, शेयर लाभाँश वितरण तथा संस्थागत सुशासन जस्ता विषयहरुमा प्रशिक्षक वल्लभ तिमिल्सीना सरले प्रशिक्षण गर्नु भएको थियो ।
संस्था वित्तिय हिसाबले जति धेरै ठुलो हुदै जान्छ त्यतिनै जोखिम वढ्दै जाने भएकाले त्यसको लागी समय समयमा विभिन्न पक्षहरुको विश्लेषण गर्नुपर्ने बिषय अनिवार्य रहेको बताउनु हुंदै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा साकोसको भुमिका, स्थान र योगदान तथा राष्ट्रिय स्तरमा साकोसको वर्तमान अवस्था, विद्यमान समस्या तथा यसको दिर्घकालीन प्रभाव, संस्थाको रणनितिक योजनाका सम्वन्धमा नेफ्स्कूनका वरिष्ठ अधिकृत भरत न्यौपानेले प्रशिक्षण गर्नुभएको थियो ।
तालिमको अन्तिम सत्रमा प्रशिक्षण दिदै तालीम विभाग प्रमुख प्रार्चार्य सन्जय तिमिल्सिना सरले साकोसमा हुनु पर्ने वित्तिय अनुशासन, दण्ड तथा जरीवाना तथा भोग्नुपर्ने कसुरको प्रावधान, संस्था खारेजी तथा एकीकरण, समान खरीद विक्रि ऐन र मानव शंसाधन निति सम्वन्धमा कानुनी प्रावधानमा रहेका व्यावस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
तालिम कार्यक्रमको समापन नेफ्स्कूनका सञ्चालक समिति कोषाध्यक्ष दिपक पनेरु को प्रमुख आतिथ्यता र नेफ््स्कूनका सञ्चालक समिति सदस्य.कमला देवि गिरी.तथा तालीम विभाग प्रमुख प्रार्चाय सन्जय तिमिल्सिनाको आतिथ्यतामा सम्पन्न भएको थियो ,
समापन कार्यक्रममा बोल्दै नेफ्स्कूनका सञ्चालक समिति कोषाध्यक्ष दिपक पनेरुले पछिल्लो समय सहकारीहरुले बैङ्क तथा वित्तिय संस्थाहरुसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था पनि आएको बताउनुभयो साथै सन्दर्भ व्याजदरको सम्वन्धमा पनी आफ्नो असन्तुष्टी रहेको बताउनु भएको थियो ।
समापन कार्यक्रममा बोल्नुहुदै तालिम अवधिभरका बिषयमा सल्लाहकार सुकदेव पोखरेल, सल्लाहकार नेत्रप्रसाद भट्टराईले अनुभुति मन्नतव्य राख्नुभएको थियो भने कार्यक्रमका अध्यक्ष सागरप्रसाद देवकोटाले प्रशिक्षक तथा नेफ्स्कून टिमलाई मायाको चिनो प्रदान गर्न भएको थियो । समापन कार्यक्रममा बोल्दै अध्यक्ष सागरप्रसाद देवकोटाले सवैलाई धन्यवाद दिनुहुदै चार दिनको यस प्रशिक्षणमा निति नियम तथा कानुनका सम्वन्धमा तथा संस्थामा सुशासन ल्याउन तथा संस्थाको गुणात्मक पक्षको वृद्घि र विकास का सम्वन्धमा धेरै जानकारीहरु सिकाई भएको त्यसलाई व्यावहारमा कार्यान्वन गर्ने प्रतिवद्घता जनाउनुभएको थियो भने उक्त कार्यक्रमको संञ्चालन अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका सचिव ओमप्रकास वस्यालले गर्नुभएको थियो । पोखरा लेक साईड स्थिीत माई होटलको सभाहलमा संचालन भएको थियो ।