२७ औं बार्षिक साधारण सभा
अन्धकारमुक्ति वचत तथा ऋण सहकारी सस्था लि.ले असोज २२ गते वुधवार एकै दिन ४ वटा स्थानहरुवाट सेवाकेन्द्र स्तरीय रुपमा, रामपुर नगरपालिका वडा नं ९ अर्भसिंह रामपुर नगरपालिका वडा नं १० रामटार ,रम्भा गाँउपालिका वडा नं ५ ताँहु, निस्दी गाँउपालिका ५ ढुङ्गानावेशीमा र आज असोज २४ गते शुक्रवार केन्दीय कार्यलय र सहयोगी सेवाकेन्द्रमा आवद्ध शेयर सदस्यहरुका लागि शहिद बहुमुखी क्याम्पसमा सम्पन्न गरि निणर्य प्रमाणित सहितको साधारण सभाका लागि प्रतिनिधिहरु छनोट गरेको छ । कात्तिक १ गते सेवाकेन्द्र स्तरीय तथा एकाईगत साधारण सभा वाट छनोट भई आउने प्रतिनिधि सदस्य सहीत निणर्य प्रमाणित सहितको साधारण सभा सस्थाको आफ्नै सभाहलमा सम्पन्न गर्ने भएको छ ।
कार्यक्रममा प्रत्येक सेवाकेन्द्रहरुमा नियमित वचत कर्ता, असल ऋणी, उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट कारोवारी सदस्य, उत्कृष्ट वाल वचत, सफल तथा नमुना व्यावसायी, उत्कृष्ट केन्द्र, उत्कृष्ट केन्द्र प्रमुखहरुलाई सम्मान तथा पुरस्कृत सँगै गत आर्थिक वर्षमा पनि ७० वर्ष पुगेका थप २५ जना जेष्ठ शेयर सदस्यहरुलाई सम्मान तथा पेन्सन भत्ता वितरण गरेको छ । गत वर्ष सम्म सस्थामा १४२ जना जेष्ठ शेयर सदस्यहरुले मासिक रुपमा भत्ता प्राप्त गर्दै आईरहनुभएको छ । सोही अवसरमा सस्थाले यस एस.ई.ई मा ४ जिपिए ल्याउने अनुजा श्रेष्ठ र विविशा घिमिरेलाई सम्मान तथा पुरस्कृत संगै यस क्षेत्रमा पत्रकारीता क्षेत्रमा महत्वपुर्ण योगदान तथा भुमिका खेल्ने विभिन्न संञ्चार माध्यम र पत्रकारहरुलाई सम्मानीत गरेको छ ।
पाल्पा जिल्लाभर कार्यक्षेत्र वनाई वित्तिय सेवा प्रदान गर्दै आएको सस्थाले २०८२ साल असार मसान्तर सम्म आईपुग्दा ११४४० जना शेयर सदस्य, सस्थाको कुल वचत १ अरव २६ करोड, कुल ऋण लगानी १ अरव ५ करोड, कुल शेयर पुँजि १५ करोड ८३ लाख सहित कुल १ अरव ६४ करोड वरावरको पुजि परिचालन गरी खुद नाफा ३ करोड ४६ लाख ६१ ह्जार गर्न सफल भएको छ ।
सस्थाको विधान अनुसार यस वर्ष सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको गठन तथा निर्वाचन हुने भनीएकोमा सर्वसहमतीमै चयन भई अन्तीम नामावली प्रकाशन भएको सस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले कार्यक्रममा जानकारी गराउनु भएको थियो । कात्तिक १ गते निणर्य प्रमाणित सहितको साधारण सभामा नामावली घोषणा संगै पदभार हस्तान्तरण तथा ग्रहण गर्ने कार्यक्रम रहेको सस्थाका सचिव ओम प्रकाश वस्यालले जानकारी गराउनु भयो
आज सम्पन्न केन्दीय कार्यलय र सहयोगी सेवाकेन्द्रमा आवद्ध शेयर सदस्यहरुका लागि सस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा देवकोटाले सस्थाको प्रतिवेदन माथी रही सस्थाको हालको अवस्था र भावी कार्यक्रमहरुका सम्वन्धमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा लेखा सुपरिवेक्षण समिति संयोजक विष्णु प्रसाद लम्सालले सस्थाका हरेक कारोवारहरुको सुश्म विश्लेण गर्दा निति, नियम, विधि र पद्धती संगत चुस्त, तुरुन्त र व्यवस्थीत रहको जानकारी गराउनुभयो ।
कार्यक्रममा शेयर सदस्य, कपिल वहादुर खाँड, राजेन्द्र लम्साल, निलकन्ठ पोखरेल,कृष्ण प्रसाद पौडेल, नारायण भट्टराई, सुनीता राना, देविलाल अधिकारी, एकराज गौतम लागाएतले सस्थासँगका आ आफ्ना अनुभव, राय सुझाव,सल्लाह र धारणा राख्नुभएको थियो ।
सस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेले सदस्यहरुले राख्नुभएको राय सुझाव र सल्लाह माथी आफ्ना धारणा राख्दै जिवन एक सिकाई भएकाले समय सापेक्ष यस संग हामी समायोजन आवश्यक रहेको भन्दै सदस्यहरुले दिनुभएको राय, सुझाव र सल्लाह हाम्रा लागी मर्गदर्शन भएको वताउनुभयो । शेयर सदस्यको सफलता र सन्तुष्टि नै सस्था सफलताको आधार भएकाले सस्थालाई निति विधि र प्रविधि मैत्रि संगै आगामी दिनहरुमा अझ वढी सम्पुर्ण कार्यक्रमहरु सदस्य मैत्री वनाई अगाडी वढ्ने वताउनुभयो ।
सस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वगात वाट सुरुभएको कार्यक्रमको सञ्चालन सस्थाका सचिव ओम प्रकाश वस्यालले गर्नुभएको थियो ।