- आफ्ना सदस्यहरुलाई लघुउद्यम र लघुवित्त कार्यक्रम मार्फत सदस्यहरुलाई चेतना अभिबृद्घि गराई नियमित वचत गर्ने बानीको विकास गर्ने ।
- नियमित रुपमा बचत संकलन गरी उत्पादनमुखी आयमुलक र सीपमुलक उद्देश्यका लागि सदस्यहरुका विच उचित ब्याजदरमा ऋण प्रदान गर्ने ।
- विपन्न वर्गका दलित जनजाति, आदिवासि, सदस्यहरुलाई स–साना आय मुलक व्यवसाय गर्नका लागी बिशेष प्रोत्साहित र सहयोग गर्ने ।
- उपर्युक्त कार्यक्रम सञ्चालन गरी आर्थिक सामाजिक विकास गराई गरिबी निवारणमा सहयोग पु¥याउने र एक सभ्य समाजको स्थापना गर्ने र आत्म निर्भरतामा जोड दिने ।
- संस्थाको कार्य क्षेत्र भित्रका सम्पूर्ण सदस्यहरु संस्थामा आवद्ध गराई आर्थिक क्रियाकलापमा सक्रिय सहभागी वनाउने ।
- संस्थाको कार्यक्षेत्र भित्रका सदस्यहरुलाई वित्तिय पहुँचमा पु¥याउन सेवा केन्द्र मार्फत कार्य संचालन गर्ने
- सहकारी संस्थाको परिचय हुने खालको कार्यक्रम सेवाकेन्द्र मार्फत हरेक घरघरमा पु¥याउने जस्तै ः सहकारी जनचेतना, लैङगिक विभेद, स्वास्थ्य सरसफाई कार्यक्रम, वित्तिय साक्षरता ।
- हरेक सदस्यहरुलाई वचतको महत्व बुझाई वचत संकलन तथा परिचालन गर्ने ।
- विपन्न समुदाय सँग पनि लक्षित कार्यक्रम पु¥याउने ।
- गरीबसंग अन्धकारमुक्ति कार्यक्रम संचालन गर्ने ।
- एक गाउँ एक उत्पादन, एक महिला केन्द्र एक उत्पादनको निति लिने ।
- सिपमूलक तालीमको व्यवस्था मिलाई प्रत्येक सदस्यलाई आय आर्जनमा प्रोत्साहित गर्ने
- आगामि दिनहरुमा सेवाकेन्द्रहरु संचालनमा आफ्नै भवन प्रयोग गर्ने ।
- केन्द्रिय कार्यालय लगाएत सवै सेवा केन्द्रहरुलाई सुविधा सम्पन्न गराउने ।
- समयको माग संगै उच्च प्रविधिको प्रयोग गर्ने साथै सुविधायूक्त साधनको व्यवस्था गर्ने ।
- प्रविधिमय बैंङ्किङ सेवा सदस्यहरुलाई प्रदान गर्ने ।