निर्णय प्रमाणीत सहितको २७ औे वार्षिक साधारण सभा

अन्धकारमुक्ति वचत तथा ऋण सहकारी सस्था लि रामपुर पाल्पाले निर्णय प्रमाणीत सहितको २७ औे वार्षिक साधारण सभा सस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न भएको छ ।
सस्थाले ५ स्थानहरुवाट सेवाकेन्द्र स्तरीय तथा एकाईगत साधारण सभावाट छनोट प्रतिनिधि सदस्य सहीत सम्पन्न कार्यक्रममा प्रमुख वक्ता लुम्विनी प्रदेश वचत तथा ऋण सहकारी सघ (लुम्विनी प्रोस्कून) का अध्यक्ष कृष्ण नेपालले काम गर्दा अप्ठयारो हुनसक्छ यसवाट कत्तिपनि विचलीत नभैकन निष्ठा पुर्वक अगाडी वढ्न आग्रह गर्दै सहकारीका मुल मर्म,यसका सिद्धान्त, अवधारणा सहित सहकारीमा सदस्य स्वःमालिक, स्वःनियन्त्रण, स्वःलाभ र हानीको व्यवस्थापन, निहित रहने भन्दै सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका काम कर्तव्य र अधिकारका सम्वन्धमा जानकारी गराउनुभएको थियो ।
सस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले निर्णय प्रमाणित सहितको साधारण सभाका मुख्य मुख्य प्रस्ताव तथा विषयहरु पेश गरी साधारण सभामा छलफल भई ,सभाले अनुमोदन तथा निर्णय गरेको छ । उहाँले पाल्पा जिल्लाभर कार्यक्षेत्र वनाई वित्तिय सेवा प्रदान गर्दै आएको सस्थाले २०८२ साल असार मसान्तर सम्म आईपुग्दा ११४४० जना शेयर सदस्य, सस्थाको कुल वचत १ अरव २६ करोड, कुल ऋण लगानी १ अरव ५ करोड, कुल शेयर पुँजि १५ करोड ८३ लाख सहित कुल १ अरव ६४ करोड वरावरको पुजि परिचालन गरी खुद नाफा ३ करोड ४६ लाख ६१ हजार ४ सय ८९ रुपैया गर्न सफल भएको र यस वर्ष पनि शेयर लाभांश र संरक्षित पुजि फिर्ता कोष प्रदान गरीने यस साधारण सभाले निर्णय गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा शेयर सदस्य रामपुर नगरपालिका वडा नं ५ एकराज गैतम, वडा नं ६ का वासुदेव ढकाल, वडा नं ७ सन्दीप राना, वडा नं ८ का भिम वहादुर नामजाली, वडा नं ९ का शम्भु प्रसाद अर्यालले सस्थाका गतिविधिहरुका सम्वन्धमा आ आफ्ना धारणाहरु राख्नुभएको थियो । सदस्य सन्दिप रानाले उद्यमशीलताको विकास विना देशको आथिक समृद्धि गर्न नसकिने भन्दै यस सस्थाले आफुसंग भएको पुजि परिचालन गर्न तथा उत्पादन संग सदस्यहरुलाई जोड्न यस क्षेत्रको संभाव्यताको अध्ययन गरि आफ्ना भावी कार्यक्रमहरु तय गर्नुपर्ने वताउनुभयो ।
सस्थाको विधान अनुसार यस वर्ष सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको गठन तथा निर्वाचन सर्व सहमतिमै सम्पन्न भएको छ । अन्तीम नामावली घोषण गर्दै निर्वाचन उपसमिति सदस्य वालकृष्ण लम्साल ले नव निर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुलाई पदभार ग्रहण तथा निर्वचान उपसमिति सदस्य सुर्य प्रसाद धिमिरे ले सपथ ग्रहण गराउनुभएको थियो ।
सस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले सदस्यहरुले दिनुभएको राय, सुझाव र सल्लाह हाम्रा लागि मार्गनिर्देश हुने तथा सस्थाका निति तथा कार्यविधिहरु वनाउनमा महत्वपुर्ण भुमिका खेल्ने वताउनुभयो । अध्यक्ष देवकोटाले एक कार्यकाल सञ्चालक समिति सदस्य, दुई कार्यकाल उपाध्यक्ष र दुई कार्यकाल अध्यक्ष भई सेवागर्ने मौका दिनुभएकोमा सवै प्रति हार्दिक धन्यवाद दिदै भोलीका दिनहरुमा सस्थागत विकासका लागि सधै लागिपर्ने वताउदै नव निर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिलाई सफलत कार्यकालको शुभकामना दिनुभयो ।
सस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वगत वाट सुरुभएको कार्यक्रमको सञ्चालन सस्थाका सचिव ओम प्रकाश वस्यालले गर्नुभएको थियो । कार्यक्रम एकाईगत साधारण सभावाट छनोट प्रतिनिधि ,सञ्चालक समिति, सल्लाहाकार, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति ,निर्वाचन उपसमिति, पत्रकारहरु र कर्मचारीसहित १०० जना सहभागी कार्यक्रम सस्थाको आफ्नै सभाहलमा सम्पन्न भएको थियो