यस संस्थाको आयोजनामा ११२ औ नारी दिवसको अवसर पारी जव्गादी सेवाकेन्द्रमा आवाद्घ महिला सदस्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न ।

११२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारी अन्धकारमुक्ति बचत तथा ऋण सहकारी सस्था लि ले वित्तिय साक्षरता सहितको सहकारी शिक्षा कार्यक्रम सस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाको अध्यक्षतामा रामपुर नगरपालीका वडा न ९ अर्वसिङको सभाहलमा सम्पन्न गरेको छ ।

सस्थाका शिक्षा उपसमितिका सँयोजक डिल बहादुर रानाको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी, शिक्षा उपसमितिका पदाधिकारी, लघुवित्त केन्द्र प्रमुखहरु तथा शेयर सदस्य गरी २५० जना भन्दा बढि सदस्यहरु सहभागी कार्यक्रममा, कार्यक्रमको उद्देश्य माथि शिक्षा उपसमिति संयोजक डिल बहादुर रानाले प्रकास पार्नु भएको थियो । 

कार्यक्रममा केन्द्र प्रमुख यमकुमारी राना  र कृष्णकुमारी रानाले हामीलाई यस सस्थाले बचत गर्ने बानिको विकास गर्दे विभिन्न व्यवसाय थलानी गर्न, तथा उद्यमशिलता बन्नको लागी र आज हामी यसरी बोल्न सक्ने बनाउनुमा पनि यस सस्थाको ठुलो भुमिका रहेको  छ भन्दै सस्थालाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा संस्थाको तर्फबाट संचालक सदस्य मनोरथ भट्टराईले संस्था स्थापनाको पृष्ठभुमि, बचत भविस्यमा आईपर्ने सम्भावित समस्याहरुलाई समाधान गर्न तथा पँुजिको निर्माणको लागी  सदस्यहरुलाई आजैदेखि बचत गर्नतर्फ लाग्नुहुन सस्थाका  सह–सचिव यमप्रसाद श्रेष्णले सुझाव दिनुभयो भने ऋण लिदा सदस्यहरुले ध्यान दिनुपर्ने विषयहरुका सम्वन्धमा जव्गादी सेवाकेन्द्रका प्रमुख सरोज आचार्यले जानकारी गराउनुभएको थियो । 

संस्थाका व्यावस्थापक दिपेन्द्र प्रसाद पौडेलले सँरक्षित पुजि फिर्ताकोष तथा संस्थाको समग्र गतिविधिको सम्वन्धमा जानकारी गराउदै दिनको ५० पैसाको दरले मासिक १५ रुपैया बचत गर्ने उद्देश्यबाट स्थापना भएको यस सस्था अहिले १ अरव २८ करोड बासलात सगै विभिन्न कोषहरुको सम्वधन्मा   जानकारी गराउदै सदस्यहरुलाई बचतको महत्व, तथा ऋणको सहिसदुपयोग बाट हुने फाईदा तथा दुरुपयोगवाट हुने दिर्धकालीन असरका सम्बन्धमा सदस्यहरुलाई सचेत गराउनुभएको थियो । भने सस्थाका उपाध्क्ष खगेन्द्र प्रसाद न्यौपानेले सदस्य सन्तुष्टि सर्वेक्षण फारममा सदस्यहरुले दिनुभएको राय तथा सुझाव लाई नितिगत रुपमानै सम्वोधन गरीने जानकारी गराउनुभयो साथै केहि समय कोभिड –१९ का कारण तथा हाल दुई देश विच भएको युद्धका कारण पनि वित्तबजारमा विभिन्न प्रभावहरु देखिएको  सम्वधमा  पनि जानकारी गराउनुभयो ।

कार्यक्रमकाको अन्त्यमा अध्यक्ष सागरप्रसाद देवकोटाले महिलाहरु माथी भएका तथा हुने गरेका सवै अन्यायहरुको अन्त्य गर्नुपर्ने वताउनुभयो, साथै महिलाहरु सक्षम भएमा मात्रै परिवार र समाजपनि विकास र परिर्वतन हुनसक्ने र त्यसैको लागी यस सस्थाले २०६४ सालदेखि लघुवित्त मार्फत गाउँ गाउँमा महिलाहरुलाई वित्तिय रुपमा सक्षम बनाउदै उनिहरुको व्यात्तित्व विकास गरी एक सभ्य समाज निर्माणको परिकल्पना सगै अगाडी बडिरहेको बताउनुभयो ।

 

कार्यक्रम अन्धकारमुक्ति बचत तथा ऋण सहकारी सस्था लि का सचिव ओमप्रकाश वस्यालले गर्नुभएको थियो ।